Skip to main content

Posts

Showing posts from 2020

एक ठगिएको मृतकको बयान - उदय प्रकाश

जो असाधारण तरिकाले ठगियो , ठगहरु उसलाई देखेर हाँसिरहेछन् जो ठग थिएनन् , उनीहरु पनि हाँसिरहेछन् तर जो ठगिएको थियो , ऊ प्रयत्न गरिरहेछ हाँस्नलाई र अन्तमा ऊ पनि हाँसेरै छोड्यो एक अजीब तरीकाले उसको हाँसोमा कुनै युग छ जहाँ ऊ लाचार छ जसलाई मारियो, मरिसकेपछि बेचैन भएर ऊ आफ्नो चश्मा खोजिरहेछ ती अनुहारहरु  जो उसको हत्यामा शामिल थिए उनीहरुलाई ठीकसँग देखेको थिएन उसले मर्नुअघि , मरिसकेपछि पनि पढ्न चाहन्छ ऊ केही किताबहरु जसलाई मर्नुभन्दा ठीक अगाडि अनेक कटौति गरेर मुश्किलसँग किनेको थियो उसले उसले मर्नुअघि कुनै चिट्ठा किनेर आएको थियो त्यो चिट्ठा अहिले उसले जितेको त थियो तर त्यो जित त उतै छ, जहाँ जीवन छ त्यो जीवन त उसले गुमाइसकेको थियो एक चिट्ठावाला हाँसिरहेछ हाँसिरहेछन्  अरु धेरै चिट्ठावालाहरु  उनीहरुकै शासन छ त्यहाँ , जहाँ ऊ मर्नुअघि बस्ने गर्थ्यो ए बाबु हो, म मरिसकेको छु तिमीहरु बेकार मेहनत गरिरहेछौ जाऊ, कुनै अर्को काम खोज हत्याको पेशामा छैनन् आजभोलि कुनै बेरोज़गार एउटा कुरा जुन ऊ मर्नुअघि सोध्न चाहन्थ्यो कविहरुलाई त्यो कुरा अति मामूली थियो जस्तो कि तिमीहरु ...

चन्द्रमाको कथा

प्रेम गर्नेहरुले त प्रेमिकालाई हावाले झोंक्काले पनि पनि दुखाउला , फूलको पत्रले पनि बिझाउला , झरीका बुँदहरुले पनि सताउला भनेर ख्याल गर्छन् । कहाँ सक्छन् र एसिड छ्यापेर असैह्य पीडा दिन । जरुरी छैन आफूलाई मन परेको मान्छेले आफूलाई पनि उत्तिकै मन पराओस् । जरुरी छैन , आफूले चाहेकै मान्छेसँग जिन्दगी बिताउन पाइयोस् । तर साँचो प्रेम गरेकीलाई पराईकै बने पनि चोट दिन मन लाग्दैन , धरधरी रुवाउन मन लाग्दैन । कोही आफूसँग यात्रा गर्न चाहँदैन भन्दैमा उसलाई कहाँ जबर्जस्ति गर्न पाइन्छ र । सबैको गन्तव्य एकै ठाउँ नहुन पनि त सक्छ । एसिड छ्यापेर कुरूप बनाइदिन्छु भन्ने सोच राख्नेहरुको आफ्नै मन र बिचार कुरूप हैन र । त्यो कस्तो प्रेम होला आफैँले मन पराएको फूललाई च्यात्न मन लाग्ने ? त्यो कस्तो चाहत होला आफूले हृदयमा राखेकै मान्छेलाई दुखाउन मन लाग्ने ? कसरी भन्न सक्छौ यसलाई प्रेम जब तिमी त्यो ओठमा हाँसो हैन ती आँखामा आँसुका ढिक्का देख्न चाहन्छौ । कसरी भन्छौ त्यो लालचलाई प्रेम जब तिमी उसलाई उसकै रहरको बाटोमा पाइला चाल्न अवरोध गर्दछौ । प्रेम त हत्केलामा थपक्क बस्न आएको सुन्दर पुतलीलाई नचलाईकन उसकै आकाशमा बेपर्वा...

महामारी लागेको थियो - गुलजार

घरतिर कुदेका थिए सबै मजदूर , मिस्त्री कलपुर्जा बन्द हुन थालेका थिए शहरका सबै जसमा हातखुट्टा चलिरहन्थे नत्र जिन्दगी त गाऊँमै रोपेर आएका थिए त्यो एक दुई कठ्ठा जमिन , या पाँचै कठ्ठा रोप्नु , फलाउनु सबै त्यहीँ त थियो गहुँ , धान , मकै , बजार सबै त्यो अंशबण्डा , काका र ठूल्बाहरूसँग कुलोको निहुँ , नालीमा हुने झगडा झगडिया आफ्नै , कहिले उनीहरूका त्यो हजुरामा , हजुरबाहरूका मुद्दा विवाह , व्रतबन्ध , चौतारी पहिरो , बाढी , कहिले झरी त कहिले खडेरी मर्नेछौँ त्यहीँ गएर जहाँ जिन्दगी छ यहाँ त शरीर ल्याएर प्लग जोडेका थियौँ ! निकाल्दिए प्लग र तारहरू सबैले " जाऊँ आफ्नै घर फर्किऊँ"- र हिँडे सबै मर्नेछौँ त्यहीँ गएर जहाँ जिन्दगी छ ! अनुवाद- सुरेश बडाल

ट्युसन

" बेत्रावती बजारमा ट्युसन सेन्टर खुल्या छ रे । " हाम्रो इस्कुलमा गाईँगुईँ हल्ला चल्यो । सबजना गुनगुन गर्दै ट्युसनका कुरा गर्थे । फलानो-फलानो साँझमा ट्युसन जान्छ रे । यस्ता कुरा यसो कान थापेर ल्याउँदा म पनि सुन्थेँ । मलाई अचम्म लाग्थ्यो के जिनिस होला यो ट्युसन भन्नि चाहीँ ? किन जाँदा रै ' छन् केटाहरू लर्कन लाएर ? " अर्को इस्कुलका केटीहरू नि आउँछन् । " उनीहरू भन्थे । मलाई अचम्मले मर्नु भो । " केटीहरू पनि ? " मैले जिब्रो टोकेँ । " होत्त ! " उनीहरू सामान्य मानेर भन्थे । सबैलाई थाहा भा ' को कुरो । मलाई थाहा छैन भनेजसरी कसरी सोध्नु । साह्रै बित्यास पर्यो । " तँ नि ट्युसन जान्छस् ? " एकदिन साथी कामदेवले सोध्यो । बोल्दाओर्दा धेरै काम्ने भएर उसलाई कामदेव भनिन्थ्यो । कामदेवको अर्थ अर्कै हुँदो रहेछ भन्नि पछि थाहा भयो ! धन्न पहिल्यै थाहा भाको भए साथीहरूले त्यो नाम मलाई नै राख्दिन्थे होला हहह ! अँ साँच्चि , कामदेवको मुखमा हेरेर भनेँ , " खई ! " " जाऊँ न हिँड् । दुईजना भइयो भने प...

झरी परेको रात

झरीलाई के छ र । न दिन न रातको छ पर्वाह । आफूलाई मन लाग्यो , झरिदियो । गुम्स्याएर राख्नु छैन पिरहरुको बादल । न त थाम्नु छ पर क्षितिजपारी लगेर भक्कानो । झरीलाई त के छ र । जे जे छ मनमा जमेको कुण्ठा । आफूलाई मन लाग्यो , पोखिदियो । झरी त मेरो मनमा पनि छ । तर आफूले चाहेको बेला नझरिदिने । अड्काएर राखिरहनु पर्ने रुद्रघन्टिमा भक्कानो । झरीले जस्तो नसकिने मेघ बनेर गर्जिन । नसकिने बिजुली बनेर चम्किन । झरी हुनु सजिलो छ । झर्न सक्नु पनि सजिलो छ । गाह्रो त खस्न नसक्नु रै’छ आफ्नै आँखाबाट आँशु बनेर । आफ्नै घाउबाट दुखाई बनेर । नसकिने रै’छ आफ्नै पिडाबाट रोदन बनेर । जब थालहरुमा बेरोजगारी पस्कन्छ समय । कचौरामा निरासाको पातलो दाल देख्छु । अनि कतै देख्दिनँ अवसरको तरकारी । तब खल्लो लाग्छ जिन्दगी । आँशु पनि नुनिलो हुन्छ । आखिर आँशु भनेकै जिन्दगी खल्लो भएकाहरुका लागि न हो । स्वादिलो जिन्दगी भोग्नेहरुका लागि त मुस्कानका जलेबीहरु हुन्छन् । जेलिएका मुस्कान । बटारिएका हाँसो । कुटिल भंगीमा हुन्छन् । सरल बाटोमा हिँडिरहेकाहरुका लागि जिन्दगी पनि पिचरोडजस्तै हुन्छ । अप्ठ्यारामा हिँडेकाहरुका लागि जिन्दगी ह...

भन के-के राखेकी छौ उसको नाम ?

एकाबिहानै नुहाएर बाथरूमबाट कपाल झड्कार्दै निस्किएर उसको समिपमा जाँदा तिमी श्याम्पुको बास्नाले लट्ठिएर उसले तिम्रो कम्मरमा समाउला लाजले तर्केलाउ तिमी झटपट समाउला उसले नाडीमा तिम्रो बज्लान् छिन् छिन् गरेर चुराहरू , त्यतिबेला कर्के आँखा बनाएर उसलाई " धत् पागल" भुलेर पनि नभन्नु , तिमीलाई मेरो याद आउन सक्छ आँखाहरू आँशुले भिज्न सक्छ मलाई तिम्रो याद आउन सक्छ बाडुल्कीले सास थामिन सक्छ । पिएर उसैको काखमा बसेर चिया पिएर उसैको कपबाट चिया भुलेर पनि नसम्झिनु मलाई तिम्रा ओठहरूले कपको बीटमा मेरै नाम लेख्न सक्छन् । गएर हतपत किचेनमा मेटाइहाल्नु कपमा छापिएको मेरो नाम आँखामा छापिएको मेरो चित्र । तब बसालेर तावा र कराई नपकाउनु रोटी तरकारी , तिमीलाई मेरो सम्झना आउन सक्छ घाँटीमा रूवाई अड्किन सक्छ । तब तिम्रो टोहोलो परेको अनुहारलाई फूलझैँ फुलाउन तिम्रा निधारमा जून र च्युँडोमा ताराहरू झुलाउन पछाडिबाट उसले झक्झकाएर तर्साउन सक्छ , तर्साएर जिस्काउन सक्छ , त्यतिबेला " धत् बौलाहा"   नभन्नु तिमी तिमीलाई मेरो याद आउन सक्छ ...

डेरा- कथा

नयाँ डेरा सरेको दिन मलाई त्यो ठाउँ , घर र परिवेश अनौठो लागिरहेको थियो । साँझमा सामान झारेर केही साथीहरूको सहयोगमा म कोठामा सामान मिलाइरहेको थिएँ । घरबेटि बा ' ले ढोकामा उभिएर घरका काइदा कानुन सम्झाइरहँदा मेरा आँखाहरू उनकै पछिल्तिर उभिएको एउटा उज्यालो मुहारमा गएर ठोकिए । लोडसेडिंग भएको साँझमा मलाई त्यो गालाको लाली र सेता आँखाहरू प्रष्ट नजरमा आए । घरबेटिकी छोरीसँग बोल्नु र हिमचिम गर्नु अति नै गाह्रो थियो । तर मनमा भने उनीसँग बोलुँ र मित्रता गरौँजस्तो लाग्थ्यो । कहिलेकाहिँ लुगा सुकाउन , घाम ताप्न छतमा जाँदा पनि केही असजिलो महशुस हुन्थ्यो । कसैले नराम्रो सोचिहाल्छन् कि भनेर उनीतिर गएका आफ्नै नजरहरूसँग पनि डर लाग्थ्यो । सोझो र पढ्ने खालको केटो हो भनेर फुपुको विश्वासमा बल्लतल्ल पाएको सुविधाजनक कोठा गुमाउनु मेरा लागि घातक नै हुने थियो । यसकारण उनीसँग औपचारिक बोलचाल बाहेक म केही गर्न सक्दैनथेँ । तर पनि मनमा पलाएको प्रेमको टुसा झन्-झन् बढ्दै गइरहेको थियो । मेरा भावनासँग अन्जान उनी बेलाबखत मसँग बोल्न खोज्थिन् तर म भने ठिक्क जवाफमात्र दिएर तर्किन्थेँ । उनी पनि मलाई विशेष चासो दिन्छि...

बसन्तपुर डायरी

हर्न बजाउन नपाइने भएर होला लैनचैरको जाममा माइक्रोबस चुपचाप थियो । माइक्रोभित्रको म पनि चुपचाप थिएँ । बोलिरहेकी थिई त एउटि केटी, अघिल्लो सीटकी, फोनमा । ऊ पछाडिबाट औधि राम्री लागेकी छ, बोली पनि मीठो छ तर अनुहार देख्न पाएको छैन । मेरो कल्पनामा धेरैथरि अनुहारहरू आए तर उसको बोली सुनिरहँदा कोही राम्रा लागेनन् । मलाई त्यो केटी एकछिनमै नराम्री लागिहाली जब मेरो कल्पनामा मेरी उनी आइन् । उनी घन्टि बजाएर मोबाइलको स्क्रिनमै आइन् । "कता हो हजुर ?" "जमल", मैले ढाँटेँ । "आइस्यो छिटो", उनले फोन राखिन् । मैले हा तमै घुमाइरहेँ फोन । गाडि कुद्यो । भृकुटिमण्डपमा केटी झरि । मुखमा मास्क लगाएकी उसको अनुहार देखिएन । तिघ्रा देखिने कट्टु लगाएकी रै'छ । सेता चिल्ला तिघ्रा हेर्दा लाग्यो केटी अचम्म राम्री हुनुपर्छ । मुखमा धुलो पर्छ भनेर मास्क लगाएकी उसले तिघ्रामा पनि फोहोर नजर पर्ला भनेर किन सोचिन होला । हुन त लुगा न हो आफ्नै रहरको लगाई नि । शहिदगेट पनि धरहरा नभएर एक्लै टोलाइरहेको छ । यसो बोल्ने साथी नहुँदा च्याउँदो लाग्दो हो विचरालाई । रंग उप्किएको, ध...