Skip to main content

Posts

उमेर

@ सुरेश बडाल उमेर के हो ? के हो यसको परिभाषा ? यसैलाई मनन गरिल्याउँदा आउँछन् अनेक कुराहरु । यस धर्तीमा पहिलो पाइला टेकेदेखि सेकेन्डलाई मिनेट, मिनेटलाई घण्टा, घण्टालाई दिन, त्यसपछि हप्ता, महिना अनि बर्षको थुप्रोमा थुपारेर जोखेपछि जति परिमाण निस्किन्छ त्यसैलाई उमेर भनिन्छ । यसैको खुशियालीमा, आफू धर्तीमा उत्रिएको दिनको सम्झनामा मान्छेहरु जन्मदिन मनाउने गर्दछन् । उत्सव मनाउने गर्दछन् । उमेर भनेको जिन्दगीको बारीको त्यो पाटो हो जहाँ मृत्युले हरदम हलो जोतिरहेको हुन्छ । मृत्युको हलो बारीको छेउछाउ जोत्दै जोत्दै बिचमा आइपुग्छ अनि फेरिन्छ जिन्दगिको अनुहार । जिन्दगी गर्मीयामको कुनै घमाइलो दिनमा बाटोमा कुनै बच्चाले चुसिरहेको बर्फिलो कुल्फी हो जो पल-पल पग्लिरहेको हुन्छ । त्यो तत्काल त सकिँदैन तर सकिन्छ अवश्य । मुखबाहिर राख्दा पनि आफैँ पग्लिएर सकिन्छ । मुखभित्र राख्दा पनि चुसिएर सकिन्छ । जिन्दगि त त्यहि बच्चाको छेउमा उभिएर उसकै बाउले तानिरहेको चुरोटको खिल्ली पनि हो जो ओठमा टाँसिरहँदा पनि सकिन्छ, हावामा नाचिरहँदा पनि सकिन्छ । उमेर त जिउन बाँकी जिन्दगिको समयको नापो पनि हो । मान्छेले यदि थाहा पाउँ...
Recent posts

ठीकै छ

  @ सुरेश बडाल हाम्रो औपचारिकता ‘के छ खबर ?’ बाट सुरु हुन्छ। ‘ठीकै छ’ हाम्रो अर्को औपचारिक उत्तर। मलाई ठीक छैन तर म   ठीक छैन भनेर भन्न सक्दिनँ। मलाई ठीक छैन , त्यसैले ‘ठीक छु’ त झनै भन्न सक्दिनँ। तर जवाफ त दिनै पर्‍यो। अनि चाउरिएर भन्छु— ठीकै छ। आजकाल सबैको जिन्दगी ठीकठीकै चल्दै छ। जसरी देश ठीकठीकै चल्दै छ। सरकार ठीकठीकै चल्दै छ। घरपरिवार अनि सम्बन्ध पनि ठीकठीकै चल्दै छन्। ठीकठीकैको जिन्दगी चलाएर ठीकठाक बाँचिरहेका छौँ हामी।   बनावटी हाँसो ओठमा ल्याएर हाँसिरहेछौं हामी। हाम्रो त हाँसो पनि भारतले आफ्नो देशमा बनाइरहेको भनिएको लुम्बिनीजस्तै छ। एकदम झुटो। हामी हाम्रो हाँसो पवित्र छ भनेर जबरजस्ती ओठ च्यात्छौं। अट्टहास निकाल्छौं। हल्ला गर्छौं। तर हामी हाम्रो अवचेतनलाई सम्हाल्न सक्दैनौं। र कसैले ‘के छ ?’ भनेर देखाएको औपचारिकतामै पनि कुच्चिएको सिक्काजस्तै ‘ठीकै छ’को खोटो सिक्का फुत्त खसालिदिन्छौं।   न्युरोड गेटको ठीक छेउमा आरएनएसीको अफिस छ। साँच्चि गणतन्त्रले त यसको नामको सुरुको अक्षर नै फुकाल्दियो क्यारे। एनएसी पो लेख्या देखिन्छ त साइनबोर्डमा। ठीकै छ। फेरि सच्याएर भन...

मेरी आमा महान हैनन्

  @ सुरेश बडाल पाँच वर्षको उमेर। गाउँकै बोर्डिंग स्कुलको नर्सरी कक्षामा भर्ना भएर एउटा बेन्चको छेउमा डराई डराई बसिरहेको बेला हेर्दै डरलाग्दी मिसले "रोल नम्बर फोर्टीफाइब सुरेश बडाल" भनेपछि आफूअघिका साथीहरुले जस्तैगरि मसिनो आवाजमा "यास मिस" भनेको दिन मेरो नाम सुरेश बडाल रहेछ भन्ने मलाई थाहा भएको थियो । योभन्दा अझै केही वर्षअगाडि बुझिनेगरि बोल्न, सुन्न र हेर्न नसकेको बेलैमा म झलुंगोमा उभिएर आँगनको छेउतिर यताउता हिँडिरहेको एउटा आकृति देख्ने गर्थें। त्यो आकृति हेर्दैमा पीडित देखिन्थ्यो। ऊ मलाई हग्न, मुत्न र भोकभोकै झलुंगोमा उभिएर रुन छोडेर खाई न पाईसँग मरिमेटेर काम गर्थ्यो, आफूभन्दा ठूलो भारी बोक्थ्यो। ऊ बर्खामा झरीले भिज्थ्यो, गर्मीमा पसिनाले भिझ्थ्यो। काममा एकोहोरिरहँदा बल्ल कुनैबेला फुर्सदमा यस्सो सम्झिएर मलाई काखमा लिएर दुध चुसाउँथ्यो, लेग्रा बनेर टाँस्सिएका आँशुहरु पुछिदिँदै "कोलायो कोलायो" भनेर मलाई छातीमा टाँस्थ्यो। त्यतिबेला मलाई यो मान्छे मेरो आफ्नै कोही हो भन्ने लागिसकेको हुन्थ्यो। त्यही मान्छेलाई सम्झिएर मैले अलिअलि अक्षर चिन्न थालेपछि केजी कक्षा...

तिमीले रोजेको मान्छे

आकाशको नाङ्लाभरि छरेर तारा बिचमा एउटै मात्र जून कसले राख्यो होला ? बाँडेर सबैलाई अनेक कमसल धातू मेरो भागमा नम्बरी सून कसले राख्यो होला ? म त सोच्थेँ एक्लै हिँड्नुपर्ने होला जिन्दगीको पट्यारलाग्दो यात्रामा तर सँगै हिँड्न भनेर तिमी आयौ अलमलिन्थेँ होला म गन्तव्यको खोजीमा पैतालाको डाम बनेर अघि लाग्यौ कतै बाटै पो भुल्यौ कि मलाई अर्कै भन्ठान्यौ कि नत्र त मलाई दुखैदुखमा पुरिएको देखेर नयाँ दुख पनि सधैं दुखि बनेर फर्किन्थ्यो एक्लोपन र बेवास्ताले स्याण्डविच बनाएको देख्दा आँसु पनि लतक्क पग्लिएर तर्किन्थ्यो आफैं सोच त बिचरा भनेर लेख्ने कलमसमेत किन्न नसक्ने म कति विवश अनि गरिब थिएँ होला दुखि बनेर रून पनि नसक्ने मेरा आँखा कति बाँझा र सुख्खा थिए होला भाग्य सिधा बाटो भएर हिँड्थ्यो भने यदि मेरो निधारको नक्सा सधैंभरि नागबेली थियो माया रसिलो जमिनमा फुल्थ्यो भने यदि मेरो हृदयको बारीमा खडेरी थियो पराजीतहरूको लस्करमा पनि म पराजीत बनेरै सबभन्दा पछाडिको लाममा उभिएको हुन्थेँ असफलताको आरोहणमा पनि म असफल बनेरै बेसक्याम्पमा छोडिएको हुन्थेँ अनिश्चित नदीको मझधारमा पुगेको बेला सुनौलो गन्तव्यको किनारमा लैजान भनेर तिम...

तिम्रो नाम

 @ सुरेश बडाल स्कुलका दिनहरु याद आउँछन् । बेन्चमा डटपेनले गाढा बनाएर लेख्ने गर्थें आफ्नो नाम । कक्षाका भित्ताहरुमा पेन्सिलले रगडेर लेख्ने गर्थें आफ्नो नाम । अचम्मको बेला थियो त्यो जताततै आफ्नो नाम लेख्ने रहर । कापीका शुरुका पानाहरुमा । किताबका अन्तिम पानाहरुमा । नोटबुकका जिल्दाहरुमा । कार्डबोर्डका चेप्ने मुन्तिर । हातको नाडीमा । सर्टको बाहुलामा । जताततै लेखेको हुन्थेँ आफ्नो नाम । तर तिमीलाई थाहा छ ? मान्छे जब आफ्नो नाम भुलेर अरुकै नाम लेख्न थाल्छ नि तब ऊ मायामा डुबेको हुन्छ रे ! हो, म पनि त तिम्रो मायामा डुबेको थिएँ । त्यसैले त स्कुलको पछाडिको भित्तामा चकले लेखेको थिएँ पहिलोचोटी तिम्रो नाम । हिउँदयामको कुनै दिन बस चढेर मामाघर जाँदै गर्दा झ्यालको सीटमा सासले हाsss गर्दै चोरऔंलाले लेखेको थिएँ तिम्रै नाम । एक अक्षर पनि नपढ़नु भएकी आमा छेउमा हुनु हुन्थ्यो तैपनि तिम्रो नाम पढ्नु होला भन्ने लाजले हत्तपत्त मेटेको थिएँ । मायामा जति लाज अनि डर त केहीमा पनि नहुँदो रहेछ । कुनै दिन बा'ले एउटा नयाँ ज्यामिती बाकस किनेर ल्याइदिनुभएको थियो । लगेको थिएँ स्कुल । नाम लेख्न मेरा औंलाहर...

चुइगम

 कथा | सुरेश बडाल  मोटो डन्डीको भए पनि उनको चश्मा स्टाइलिश थियो । लगाउन त पाइन्टमा सामान्य टप्स नै लगाएकी थिइन् तैपनि लुगा स्टाइलिश नै देखिन्थ्यो । हेर्दा सामान्य कालो लेदरको ब्याग काखमा च्यापेकी थिइन् । तर ब्याग पनि स्टाइलिश नै देखिन्थ्यो । खासमा भन्नुपर्दा लुगा, झोला अनि अरू ग्याजेटमा खास केही हुँदैन, मान्छे सुन्दर भएपछि यसै स्टाइलिश देखिन्छ । "हजुरको सीट पनि यही हो ? " झ्यालको आफ्नो सीटमा गजधुम्म परेर बस्दै कानमा इअरफोन कोच्ने तयारी गरिरहेको मलाई उही स्टाइलिश केटीले छेउमा आएर भनिन् । कानमा कोच्न लागेको इअरफोन गुजुमुजु पारेर खल्तीमा कोचेर उनका आँखामा वाल्ल परेर हेर्दै मुन्टो तलमाथि हल्लाएँ । उनी भने मलाई नहेरि फलफुल, तरकारीको झोला सीटमाथि कोच्न थालिन् । झोला माथि कोचेपनि स्याऊ तलै थियो, उनको गालामा । सुन्तला तलै थियो, उनको ओठमा । "मेरो झ्यालको सीट हो ।" मुट्ठीमा कच्याककुचुक पारेर अँठ्याएको बसको टिकट फैलाएर देखाउँदै उनले भनिन् । झ्यालको सीट मैले काटेको थिएँ । तर म कसरी यति सुन्दर केटीसँग जाबो सीटको लागि बहस गरौँ । आखिर म छेउमा बसौँ या झ्यालमा, बस्ने त...