@ सुरेश बडाल उमेर के हो ? के हो यसको परिभाषा ? यसैलाई मनन गरिल्याउँदा आउँछन् अनेक कुराहरु । यस धर्तीमा पहिलो पाइला टेकेदेखि सेकेन्डलाई मिनेट, मिनेटलाई घण्टा, घण्टालाई दिन, त्यसपछि हप्ता, महिना अनि बर्षको थुप्रोमा थुपारेर जोखेपछि जति परिमाण निस्किन्छ त्यसैलाई उमेर भनिन्छ । यसैको खुशियालीमा, आफू धर्तीमा उत्रिएको दिनको सम्झनामा मान्छेहरु जन्मदिन मनाउने गर्दछन् । उत्सव मनाउने गर्दछन् । उमेर भनेको जिन्दगीको बारीको त्यो पाटो हो जहाँ मृत्युले हरदम हलो जोतिरहेको हुन्छ । मृत्युको हलो बारीको छेउछाउ जोत्दै जोत्दै बिचमा आइपुग्छ अनि फेरिन्छ जिन्दगिको अनुहार । जिन्दगी गर्मीयामको कुनै घमाइलो दिनमा बाटोमा कुनै बच्चाले चुसिरहेको बर्फिलो कुल्फी हो जो पल-पल पग्लिरहेको हुन्छ । त्यो तत्काल त सकिँदैन तर सकिन्छ अवश्य । मुखबाहिर राख्दा पनि आफैँ पग्लिएर सकिन्छ । मुखभित्र राख्दा पनि चुसिएर सकिन्छ । जिन्दगि त त्यहि बच्चाको छेउमा उभिएर उसकै बाउले तानिरहेको चुरोटको खिल्ली पनि हो जो ओठमा टाँसिरहँदा पनि सकिन्छ, हावामा नाचिरहँदा पनि सकिन्छ । उमेर त जिउन बाँकी जिन्दगिको समयको नापो पनि हो । मान्छेले यदि थाहा पाउँ...
poet, writer and storyteller