Skip to main content

Posts

Showing posts from May, 2020

ट्युसन

" बेत्रावती बजारमा ट्युसन सेन्टर खुल्या छ रे । " हाम्रो इस्कुलमा गाईँगुईँ हल्ला चल्यो । सबजना गुनगुन गर्दै ट्युसनका कुरा गर्थे । फलानो-फलानो साँझमा ट्युसन जान्छ रे । यस्ता कुरा यसो कान थापेर ल्याउँदा म पनि सुन्थेँ । मलाई अचम्म लाग्थ्यो के जिनिस होला यो ट्युसन भन्नि चाहीँ ? किन जाँदा रै ' छन् केटाहरू लर्कन लाएर ? " अर्को इस्कुलका केटीहरू नि आउँछन् । " उनीहरू भन्थे । मलाई अचम्मले मर्नु भो । " केटीहरू पनि ? " मैले जिब्रो टोकेँ । " होत्त ! " उनीहरू सामान्य मानेर भन्थे । सबैलाई थाहा भा ' को कुरो । मलाई थाहा छैन भनेजसरी कसरी सोध्नु । साह्रै बित्यास पर्यो । " तँ नि ट्युसन जान्छस् ? " एकदिन साथी कामदेवले सोध्यो । बोल्दाओर्दा धेरै काम्ने भएर उसलाई कामदेव भनिन्थ्यो । कामदेवको अर्थ अर्कै हुँदो रहेछ भन्नि पछि थाहा भयो ! धन्न पहिल्यै थाहा भाको भए साथीहरूले त्यो नाम मलाई नै राख्दिन्थे होला हहह ! अँ साँच्चि , कामदेवको मुखमा हेरेर भनेँ , " खई ! " " जाऊँ न हिँड् । दुईजना भइयो भने प...

झरी परेको रात

झरीलाई के छ र । न दिन न रातको छ पर्वाह । आफूलाई मन लाग्यो , झरिदियो । गुम्स्याएर राख्नु छैन पिरहरुको बादल । न त थाम्नु छ पर क्षितिजपारी लगेर भक्कानो । झरीलाई त के छ र । जे जे छ मनमा जमेको कुण्ठा । आफूलाई मन लाग्यो , पोखिदियो । झरी त मेरो मनमा पनि छ । तर आफूले चाहेको बेला नझरिदिने । अड्काएर राखिरहनु पर्ने रुद्रघन्टिमा भक्कानो । झरीले जस्तो नसकिने मेघ बनेर गर्जिन । नसकिने बिजुली बनेर चम्किन । झरी हुनु सजिलो छ । झर्न सक्नु पनि सजिलो छ । गाह्रो त खस्न नसक्नु रै’छ आफ्नै आँखाबाट आँशु बनेर । आफ्नै घाउबाट दुखाई बनेर । नसकिने रै’छ आफ्नै पिडाबाट रोदन बनेर । जब थालहरुमा बेरोजगारी पस्कन्छ समय । कचौरामा निरासाको पातलो दाल देख्छु । अनि कतै देख्दिनँ अवसरको तरकारी । तब खल्लो लाग्छ जिन्दगी । आँशु पनि नुनिलो हुन्छ । आखिर आँशु भनेकै जिन्दगी खल्लो भएकाहरुका लागि न हो । स्वादिलो जिन्दगी भोग्नेहरुका लागि त मुस्कानका जलेबीहरु हुन्छन् । जेलिएका मुस्कान । बटारिएका हाँसो । कुटिल भंगीमा हुन्छन् । सरल बाटोमा हिँडिरहेकाहरुका लागि जिन्दगी पनि पिचरोडजस्तै हुन्छ । अप्ठ्यारामा हिँडेकाहरुका लागि जिन्दगी ह...