Skip to main content

Posts

Showing posts from 2018

बुढो हुनुको अर्थ - कविता

बुढो हुनु भनेको उमेरको भर्यांग उक्लिँदै-उक्लिँदै टुप्पोमा पुगेर हेरिराख्नु मात्र हैन, प्रकृतीले हर साल नयाँ-नयाँ फरिया फेरिराख्दा ट्वाल्ल परेर हेरिराख्नु पनि हैन जसरी नास्पातीको बोटभरी फुल्दछन् फूलहरु, उसैगरी बुढो हुनु भनेको टाउकोभरी केश फुलाउनु पनि हैन! बुढो हुनु भनेको समयको गोरेटोमा एक्लै हिँडिरहँदा लट्ठीजस्तै थामिदिने मुलायम हातहरु भेटिनु पनि हैन! बुढो हुनु भनेको भर्खर वैंशको घाँघर लगाएर फनफनी नाचिरहेकी प्रेमिकाले लाडे पल्टिएर बुढा भन्नु पनि हैन! बुढो हुनु भनेको लोकल बसको ढोकापछिको दोस्रो सिटमा ‘ज्येष्ठ नागरिक’ लेखेको चोर औँलाले देखाएर कोहि अमुक यात्रुलाई उठाएर आफु बस्नु पनि हैन! बुढो हुनु भनेको त छातीको दराजभरी अनुभवको खातापाता जम्मा गर्नु हो आँगनभरी कुदिरहेका साना नानीहरुलाई उपदेशको चकलेट बाँड्नु हो खन्ने माटो देखाउनु हो, हिँड्ने बाटो देखाउनु हो, जिर्ण शरीरले जबर्जस्ती खन्ती समाएर जुर्मुरिनु हैन कुद्न सकिनँ भनेर त्यसै-त्यसै मुर्मुरिनु हैन! बुढो हुनु भनेको सगरमाथाझैँ अग्लो हुनु हो हिमनदीझैँ संग्लो हुनु हो बरझैँ फैलिए...

सिलसिला - सुरेश बडाल

मेरो छातीको सिरानीमा आफ्नो च्युँडो अड्याएर आफ्ना एकजोर आँखाहरूले मेरा अर्काजोर आँखाहरू परेली नझिम्क्याईकन निकैबेर नियालिरहन्थ्यौ तिमी । "के हेरेकी ?" म आँखा झिम्क्याएर सोध्थेँ । "मैले जितेँ", हाँस्थ्यौ तिमी । मलाई नै थाहा नदिई परेली झिम्क्याउने खेल खेलेकी हुन्थ्यौ तिमीले । आँखा जुधाई खेल । अनि मेरा करंगमाथि आफ्नो कुहिनोले टेकेर उठिदिन्थ्यौ । "ऐय्या ! के गरेकी ?" म रिसाउँथेँ । म रिसाएको देखेर मलाई चिढ्याउन काखि बजाएर 'खुच्चिंग' भन्थ्यौ तिमी । "अर्कालाई दुखाउँदा मज्जा लाग्छ तिमीलाई ?" म अझै रिसाउँथेँ । "मलाई दुखाउँदा तिमीलाई पनि त मज्जा आउँछ नि", तिमी नहाँसि भन्थ्यौ । तर म हाँसो रोक्न सक्दिनथेँ । "ए त्यसो पो ?" म बेस्सरी हाँसिदिन्थेँ । तिमी एकछिन वाल्ल पर्थ्यौ र ढिला बुझेजसरि अत्तालिँदै भन्थ्यौ, "हैन हैन मैले त मलाई तिमीले चिमोट्थ्यौ नि ? त्यो पो भनेको त ।" "अँ अँ बुझियो", म झन् बेस्सरी हाँसिदिन्थेँ । तिमी रूँला रूँला जस्तोगरि मेरो हाँसो रोक्न मेरो मुख थुन्न आउँथ्यौ । म तिम्रा...

फेसबुक स्टोरी

फेसबुक खोलेको रमाइलो याद छ । बाह्र कक्षा पढ्दा साथी प्रतिकले सोधेको थियो, ‘तिमीले फेसबुक खोलेको छैनौ ?’ बुक भनेपछि सहि गरेर छोडिएको खाली चेकबुक पनि खोल्न अल्छी लाग्थ्यो ! यसले कुन बुकको कुरा गरेको होला ? म अचम्ममा परेको थिएँ । ‘के हो फेसबुक भनेको ?’ सोधेको थिएँ । ‘यसमा फोटो हाल्न, अनि केहि कुरा लेख्न पनि मिल्छ । खासमा आफ्ना साथीहरु के गर्दै छन् भनेर थाहा पाउन सकिन्छ ।’ उसले मलाई बताएको थियो, ‘अलिअलि याहु मेसेन्जरजस्तो पनि अलिअलि हाइफाइभ जस्तो पनि !’ ‘ए ए’ भन्दै साइबर पसेर बनाएको थिएँ फेसबुक । प्रतिककै पछिपछि लागेर । फोटो थिएन । एउटा फूलको फोटो राखिदिएको थियो उसैले । सायद मेरो फोटो राख्न पाएको भए पनि मान्छेहरुले फुल नै भन्थे होला मलाई, अंग्रेजीको ! आइडी खोलिरहँदा सबै सिकाउँदै उसले मलाई ‘एउटा सम्झिने खालको पासओर्ड लेख’ भनेर अर्कोपट्टि फर्किएको थियो । ‘सुजिता ।’ सुटुक्क लेखेको थिएँ मैले । काली काली हिस्सी परेकि केटि थिई सुजिता । मेरी क्लासमेट । तर कहिल्यै बोलचाल भएन हाम्रो । लेख्न त उसको नाम धेरैले मनको भित्तामा लेखेका थिए । केहि फटाहाहरुले ट्वाइ...