@ सुरेश बडाल स्कुलका दिनहरु याद आउँछन् । बेन्चमा डटपेनले गाढा बनाएर लेख्ने गर्थें आफ्नो नाम । कक्षाका भित्ताहरुमा पेन्सिलले रगडेर लेख्ने गर्थें आफ्नो नाम । अचम्मको बेला थियो त्यो जताततै आफ्नो नाम लेख्ने रहर । कापीका शुरुका पानाहरुमा । किताबका अन्तिम पानाहरुमा । नोटबुकका जिल्दाहरुमा । कार्डबोर्डका चेप्ने मुन्तिर । हातको नाडीमा । सर्टको बाहुलामा । जताततै लेखेको हुन्थेँ आफ्नो नाम । तर तिमीलाई थाहा छ ? मान्छे जब आफ्नो नाम भुलेर अरुकै नाम लेख्न थाल्छ नि तब ऊ मायामा डुबेको हुन्छ रे ! हो, म पनि त तिम्रो मायामा डुबेको थिएँ । त्यसैले त स्कुलको पछाडिको भित्तामा चकले लेखेको थिएँ पहिलोचोटी तिम्रो नाम । हिउँदयामको कुनै दिन बस चढेर मामाघर जाँदै गर्दा झ्यालको सीटमा सासले हाsss गर्दै चोरऔंलाले लेखेको थिएँ तिम्रै नाम । एक अक्षर पनि नपढ़नु भएकी आमा छेउमा हुनु हुन्थ्यो तैपनि तिम्रो नाम पढ्नु होला भन्ने लाजले हत्तपत्त मेटेको थिएँ । मायामा जति लाज अनि डर त केहीमा पनि नहुँदो रहेछ । कुनै दिन बा'ले एउटा नयाँ ज्यामिती बाकस किनेर ल्याइदिनुभएको थियो । लगेको थिएँ स्कुल । नाम लेख्न मेरा औंलाहर...
poet, writer and storyteller