जो असाधारण तरिकाले ठगियो , ठगहरु उसलाई देखेर हाँसिरहेछन् जो ठग थिएनन् , उनीहरु पनि हाँसिरहेछन् तर जो ठगिएको थियो , ऊ प्रयत्न गरिरहेछ हाँस्नलाई र अन्तमा ऊ पनि हाँसेरै छोड्यो एक अजीब तरीकाले उसको हाँसोमा कुनै युग छ जहाँ ऊ लाचार छ जसलाई मारियो, मरिसकेपछि बेचैन भएर ऊ आफ्नो चश्मा खोजिरहेछ ती अनुहारहरु जो उसको हत्यामा शामिल थिए उनीहरुलाई ठीकसँग देखेको थिएन उसले मर्नुअघि , मरिसकेपछि पनि पढ्न चाहन्छ ऊ केही किताबहरु जसलाई मर्नुभन्दा ठीक अगाडि अनेक कटौति गरेर मुश्किलसँग किनेको थियो उसले उसले मर्नुअघि कुनै चिट्ठा किनेर आएको थियो त्यो चिट्ठा अहिले उसले जितेको त थियो तर त्यो जित त उतै छ, जहाँ जीवन छ त्यो जीवन त उसले गुमाइसकेको थियो एक चिट्ठावाला हाँसिरहेछ हाँसिरहेछन् अरु धेरै चिट्ठावालाहरु उनीहरुकै शासन छ त्यहाँ , जहाँ ऊ मर्नुअघि बस्ने गर्थ्यो ए बाबु हो, म मरिसकेको छु तिमीहरु बेकार मेहनत गरिरहेछौ जाऊ, कुनै अर्को काम खोज हत्याको पेशामा छैनन् आजभोलि कुनै बेरोज़गार एउटा कुरा जुन ऊ मर्नुअघि सोध्न चाहन्थ्यो कविहरुलाई त्यो कुरा अति मामूली थियो जस्तो कि तिमीहरु ...
poet, writer and storyteller