गाडि रत्नपार्कतिर हुइँकिँदै छ। म झ्यालको सीटमा बसेको छु। झ्यालबाहिर देखिने थरि-थरिका अनुहारहरू हेर्न मज्जा लाग्छ। ती अनुहारहरूमा म कथा देख्छु। 'ये मोह मोह के धागे, तेरे उंगलियोँमे जा उलझे!' गाडिमा गीत बज्छ। मेरो फेवरेट गीत। म गीतमा डुब्छु। आँखा चिम्म गर्छु। डल्ली गीतसँगै भन्छे, 'हजुर त पागल होइसिन्छ।' 'किन डल्लु?' म सोध्छु! 'हजुरले मलाई किन चुनिसेको त? हजारौँ थिए होला जोडि मिल्ने अरू!' 'जोडि उचाई हेरेर बन्दैन डल्ली, मन हेरेर बन्छ।' म भन्छु। 'तिमी बराबर बन्न त त्यो हजार लाख बन्नुपर्छ!' ऊ मुस्कुराउँछे। गीत बन्द भयो। मेरा आँखा खुल्ला भए। ड्राइभरले हिन्दि गीत मन पराएन। मलाई पनि त कहाँ मन पर्छ र! तर कलाको देश हुँदैन। भावनाको सिमाना हुँदैन। मेरोजस्तै माया गर्ने, हाँस्ने, रूने मनहरू त्यो पराई देशमा पनि त छन्। कहिलेकाहिँ म युद्धका चलचित्रहरू हेर्छु, अचम्म लाग्छ मर्ने र मार्ने दुबैको रगत रातो हुँदो रै'छ। धोका दिने र पाउने दुबैको आँशु नुनिलो भएजस्तै! आरएनएसी ओर्लिन्छु। सडकपेटिमा हत्केला नभएको एउटा केटो नाडिले च्यापेर चित्र बनाउँदैछ। उसल...
poet, writer and storyteller