कथा | सुरेश बडाल मोटो डन्डीको भए पनि उनको चश्मा स्टाइलिश थियो । लगाउन त पाइन्टमा सामान्य टप्स नै लगाएकी थिइन् तैपनि लुगा स्टाइलिश नै देखिन्थ्यो । हेर्दा सामान्य कालो लेदरको ब्याग काखमा च्यापेकी थिइन् । तर ब्याग पनि स्टाइलिश नै देखिन्थ्यो । खासमा भन्नुपर्दा लुगा, झोला अनि अरू ग्याजेटमा खास केही हुँदैन, मान्छे सुन्दर भएपछि यसै स्टाइलिश देखिन्छ । "हजुरको सीट पनि यही हो ? " झ्यालको आफ्नो सीटमा गजधुम्म परेर बस्दै कानमा इअरफोन कोच्ने तयारी गरिरहेको मलाई उही स्टाइलिश केटीले छेउमा आएर भनिन् । कानमा कोच्न लागेको इअरफोन गुजुमुजु पारेर खल्तीमा कोचेर उनका आँखामा वाल्ल परेर हेर्दै मुन्टो तलमाथि हल्लाएँ । उनी भने मलाई नहेरि फलफुल, तरकारीको झोला सीटमाथि कोच्न थालिन् । झोला माथि कोचेपनि स्याऊ तलै थियो, उनको गालामा । सुन्तला तलै थियो, उनको ओठमा । "मेरो झ्यालको सीट हो ।" मुट्ठीमा कच्याककुचुक पारेर अँठ्याएको बसको टिकट फैलाएर देखाउँदै उनले भनिन् । झ्यालको सीट मैले काटेको थिएँ । तर म कसरी यति सुन्दर केटीसँग जाबो सीटको लागि बहस गरौँ । आखिर म छेउमा बसौँ या झ्यालमा, बस्ने त...
poet, writer and storyteller