Skip to main content

Posts

Showing posts from 2021

असल मान्छे बनेस्, नेता नबनेस्

पैसा त नेताहरुले धेरै कमाउँथे , नमस्ते पनि धेरै नेताहरुले नै खान्थे । तर पनि बाआमाहरुले कहिल्यै नेता भएस् , मन्त्री, प्रधानमन्त्री भएस् भनेर आशिर्वाद दिनुभएन । वहाँ हरुले डाक्टर भएस्  भन्नुभो, इन्जिनियर भएस ् भन्नुभो । डाक्टर ले ज्यान बचाउँछ भन्ने वहाँहरुलाई थाहा छ तर कैयन् राजनीतिक नेतृत्वले ज्यान लिएको पनि वहाँहरुले देख्नुभएको छ । इन्जिनियर ले भौतिक संरचनाहरु बनाएको वहाँहरुले देख्नुभएको छ तर नेताहरुले संरचना भत्काएको पनि देख्नुभएको छ । डाक्टर हरुले , मास्टर हरुले जे हो त्यो सत्य भन्छन् तर नेताहरुले ज्यादा झुठ बोल्छन् । यही कारणले होला बाआमाहरुले सन्तानलाई असल मानिस बनोस् भनेर आशिर्वाद दिनुभयो, नेता बनोस् भनेर आ शिर् वाद दिनुभएन । बरु कसैले हावादारी गफ लगाएको थाहा पाउँदा भन्नुभो, "वाहियात कुरा गरेर नेता नबन् ! " नेता हुनु भनेको खराब हुनु हो भन्ने विचार कसरी हाम्रो मनस्थितिमा पलाउन थाल्यो होला ? देश लाई जहानिया राणा शासन बाट मुक्त गर्ने आन्दोलन लाई नेतृत्व गर्ने नेता हरु नै थिए । देश लाई निरङ्कुश पंचाय ती शासन बाट बहुदलीय प्रजातन्त्...