काली, कहिल्यै सोचेको थिइनँ यस्तो पनि दिन आउला भनेर । यसरी कुनै अदृश्य दुश्मनदेखि डराएर घरभित्रै लुकिरहनु पर्नेछ भनेर । सोचेको पनि थिइनँ कहिल्यै, जीवनको महत्व यति हुन्छ अनि मृत्युको भय यतिबिघ्न हुन्छ भनेर । क्वारेन्टाइनमा बसेको एक हप्ता बितेपछि महशुस हुँदैछ आज, संसारमा आफ्नो जति प्रेम अरु कसैको लाग्दो रहेनछ । तिमीलाई सुन्दा नराम्रो लाग्ला तर वास्तविकता यही नै रहेछ । तिमीलाई केही होला, घर परिवार, बा'आमालाई केही होला भनेर त एकपल पनि ख्याल आउँदो रहेनछ, रत्तिभर पिर पर्दो रहेनछ । केवल आफैँलाई केही होला कि भन्ने सन्त्रासले अँगाल्दो रहेछ । तिमी त्यता सुरक्षित नै बसेकी हौली । यता म पनि यही कोठाको चार भित्तोभित्र कैदीझैं समेटिएर बसेको छु । कहिलेकाहीँ झ्यालबाट बाहिर हेर्छु, बाटोमा, बतासमा जताततै भाइरस सल्बलाएको झैं देख्दछु । अनि आफूलाई घरको गेटबाट बाहिर निकाल्न सक्दिनँ । तिमी यो मुटुमा बसेकी छौ । मेरो कलेजीमा बसेकी छौ । मेरो अनुहारमा देखिने उज्यालो तिम्रै देन हो । अनि मेरो ओठहरुमा खेल्ने मुस्कान पनि त तिम्रै कोसेली हो । जब तिम्रो प्रेममा परें, त्यसै दिनदेखि मलाई मेरो सम्पूर्ण अस्...
poet, writer and storyteller